नेकपाको म्याग्दीमा संगठन विस्तार अभियान तीव्र

म्याग्दी  : म्याग्दी जिल्लाको मालिका गाउपालिका वडा न.३ मा रहेको अमर ज्योति माध्यमिक विद्यालयमा विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी)ले मंगलबार ४५ सदस्य समिति गठन गरेको छ ।
देशब्यापी कम्युनिस्ट विद्यार्थी अभियान २०७५ सुरु गरेको उक्त संगठनले जिल्लामा संगठन विस्तार अभियानलाई अगाडि बढाएको हो ।
उक्त कमिटीको अध्यक्षमा चित्र घर्ती, उपाध्यक्षमा दुर्गा पटेल , सचिवमा लोककुमारी रोका लगायत ४५ सदस्य समिति गठन भएको छ ।
यसैगरी जिल्लाको ३ न ईलाकाको मालिका गाउँपालिकाको रुम बेलामा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भेला तथा प्रशिक्षण कार्यक्रम मंगलबार सप्पन्न गरेको छ ।
उक्त पार्टीका जिल्ला इन्चार्ज विजेता प्रमुख अतिथि रहेको कार्यक्रमको अतीथिमा रन्जित र अध्यक्षता इलाका न. ३ का अध्यक्ष दिपेसले गर्नुभएको थियो भने भेलाले ३ न. इलाका स्तरीय १७ सदस्यीय इलाका समिति गठन गरेको छ ।
साथै उक्त भेलाबाट मगर मुक्ति मोर्चा लगायत विभिन्न जबस संगठनहरुको समेत गठन गरिएको उक्त पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

२०७५ पुष ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :