चितवनको सामरिक महत्व छ

baral_rishi

डा. ऋषिराज बराल

चितवनले जहिले पनि राष्ट्रिय स्वाधीनताको पक्षमा आफूलाई पर्खाल बनाएर उभ्यायो । भारतीय विस्तारवाद विरोधी आन्दोलनमा सदैव अग्रपङ्क्तिमा उभिएको ठाउँ हो चितवन । यसप्रति विदेशी शक्तिको चासो रहनु स्वाभाविक थियो ।  यसलाई मधेसमा गाभ्न, यसलाई तामासालिङ्मा गाभ्न, टुक्राटुक्रा पारेर कमजोर पार्न धेरै प्रयासहरू भए । चितवन काठमाडौँ प्रवेशको प्रमुखद्वार मात्र नभएर,  सामारिक दृष्टिले पनि महत्वपूर्ण भूभाग हो ।  सडक र रेल्वेले चीनसित जोडिँदा यसको सामरिक महत्व झन् बढ्नेछ । चितवन कमजोर पार्दा राष्ट्रियताका पर्खाल कमजोर हुने र काडमाडौँलाई हल्लाउन सजिलो हुने ठान्यो विदेशी शक्तिले । भरतपुरमा कसले मेयर  जित्छ भन्ने कुराले दीर्घकालीन अर्थ राख्छ ।  यस अर्थमा भरतपुर महानगरपालिकाको निर्वाचन र यससित गाँसिएका परिदृश्यहरू प्रचण्डको इच्छा पूरा गर्नका लागि शेररबहादुर र  प्रचण्डबीचको मेलमिलाप मात्र नभएर सामारिक स्वार्थ्सित गाँसिएको अहम्  विषय हो ।

जनमेल डट कमबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :