बझाङमा पुस ३ गते नेकपाको विशाल जनसभा हुने

बझाङ : बझाङमा नेपाल कम्युनिस्ट पार्टीले विशाल जनसभा चैनपुरको खुलामञ्चमा गर्ने भएकाे  छ । पुस ३ गते विप्लव नेतृत्वको नेकपा विशाल जनसभा जनघात, राष्ट्रघात र भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने भएको जानकारी जिल्ला सचिवालय सदस्य जोग कठायतले दिएका छन् ।
यस जनसभामा प्रमुख अतिथि पार्टीका पोलिट ब्युारो सदस्य ओमप्रकाश पुन, विशिस्ट अतिथि सेती ब्युरो इन्चार्ज शंकर खड्का रहने छन् । साथै जनसभामा ४० जना केन्द्रीय कलाकारहरु बझाङ जिल्लामा उपस्थित हुने जिल्ला बझाङका सचिव भरत मल्लले बताए । यो विशाल जनसभामा जिल्ला भरिका जनताहरु उपस्थित हुने बताइएका छन् ।

२०७५ मङ्सिर २९ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :