पूर्वको थबाङ भनेर परिचित ताप्लेजुङको हेल्लोकमा नेकपाको प्रशिक्षण सम्पन्न

 


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमान्ड अन्तर्गत रहेको मेची ब्युराेको ताप्लेजुङ जिल्लाको हेल्लोकमा  जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुको राजनीतिक तथा वैचारिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जसमा पार्टी कमान्डका इन्चार्ज अनिल विरहीको प्रमुख आतिथ्य रहनु भएकाे थियो भने अतिथि मेची ब्युरो इन्चार्न तथा पार्टीका केन्द्रीय समितिका सदस्य सुमन र अध्यक्ष तथा सञ्चालन जिल्ला इन्चार्ज सक्कलले गर्नुभएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले केपी–प्रचण्ड गठबन्धनको सरकारले लिएको दमनको नीति असफल भएपछि दलाल सरकारले वार्ताको नाटक गरेको बताउनुभएको छ । उहाँले यो व्यवस्था अन्त्य नगरी आम नागरिकको अधिकार सुनिश्चित नहुने भन्दै यसको लागि पार्टीले लिएको एकीकृत जनक्रान्ति हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सम्पूर्ण समस्या समाधान हुने बताउनु भयो । ताप्लेजुङको हेल्लोकलाई पूर्वको थबाङ भनेर पनि चिनिने गर्छ ।

२०७५ मङ्सिर २९ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :