पोष्टपाटी डटकमका सम्पादक चन्द रिहा

काठमाडौँ : समाचारको विषयलाई लिएर पक्राउ परेका पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द धरौटिमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधिस बाबुकाजी बानियाको इजलासले सम्पादक चन्दलाई शुक्रबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि उहाँ धरौटी बुझाएर रिहा भएका छन् । सम्पादक चन्दलाई गलत समाचार लेखेको भन्दै मङ्सिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । पत्रकार चन्दको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिल चन्द्र पोख्रेल, खिमानन्द अधिकारीले बहस गरेका थिए । रिहा भएपछि सम्पादक चन्दलाई क्रान्तिकारी पत्रकार सङ्गठनका महासचिव हिम विष्ट, केन्द्रीय सदस्य सागर लामाले स्वागत गरेका थिए ।

२०७५ मङ्सिर २९ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :