जनसत्ताको निशानामा परे भुषाल

काठमाडौं : मुद्दा मिलाउने बहानामा जनतासँग मोटो रकम उठाउने, सामाजिक दलाल, सुदखोर तथा भ्रष्टाचारमा संलग्न ब्यक्ति जनसत्ताको कावाहीमा परेका छन् । कपिलबस्तु वाणगंगा नगर ३ कर्महनाका युवराज भुषाल जनसत्ताको जनकार्बाहीमा परेका हुन् । जिल्ला जनपरिषद कपिलबस्तु वाणगंगाको नाममा जारी गरिएको एक हस्तलिखित पर्चामा ४ बुदे अभियोग उल्लेख गर्दै भुषाललाई कारबाही गरिएको जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषदको नाममा जारी गरिएको उक्त पर्चामा जनाईए अनुसार भुषालले जनताहरुलाई अनावश्यक रुपमा झुठ्ठा मुद्दा लगाई दुख दिने गरेका थिए । साथै महिलाहरूलाई विभिन्न प्रलोभन र बाध्यतामा पारी अनैतिक सम्बन्ध राख्न बाध्य पार्ने गरेको र भ्रष्टाचार तथा ब्यभिचारमा संलग्न भएकोले कार्वाही गर्नुपरेको जनरिषदद्धारा जारी पर्चामा उल्लेख छ ।

२०७५ मंसिर २३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!