वर्तमान सरकार नक्कली कम्युनिस्टको  हाे : सन्तोष बुढा मगर


पोखरा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले वर्तमान सरकारलाई  कम्युनिष्ट मास्ने नक्कली कम्युनिष्टको सरकार भएको बताएका छन । मंगलबार अखिल (क्रान्तिकारी) मध्य पश्चिम कमान्डको अभियान उद्घाटन गर्दै नेता बुढा मगरले वर्तमान सरकार साम्राज्यवादीहरुको दलाल बुँख्याचा भएको बताए । यथास्तिबादी र पश्चगामी चेतनाले वर्तमान सरकार चलिरहेकोले बर्तमान सरकार नेपाली जनताकाे विश्वास र हितमा भन्दा पनि साम्राज्यावादीहरुको इशारामा चलिरहेको उनको भनाई थियो ।

नेकपाकी केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ले राजनीतिक नियुक्ति , नेताका वरिपरी घुम्ने सरकारी अखिल क्रान्तिकारीका नेताभन्दा फरक भएर जनता र विद्यार्थीमा भिजेको पढाईमा समेत अब्बल देखिने नेता तथा कार्यकर्ता बन्न आफ्नो पार्टी निकटका विद्यार्थी नेता तथा कार्यकर्तालाई निर्देशन दिइन ।

कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय महासचिब सागर पुन, नेकपा गण्डक ब्युरो सदस्य एबम फ्र्याक्सन इन्चार्ज जगन तिवारी, अखिल (क्रान्तिकारी)की केन्द्रीय सचिब सन्तोषी भट्टराई, केन्द्रीय सदस्य मिलन राई लगायतले बोलेका थिए भने चुनू शिल्पा सांस्कृतिक परिवारका कलाकारहरुले बिबिध नृत्य प्रस्तुत गरेका थिए ।

अखिल (क्रान्तिकारी) मंसिर १८ देखी देशव्यापीरूपमा कम्युनिस्ट विद्यार्थी अभियानकाे उद्घाटन गरेकाे छ । यता काठमाडौंमा भएको मध्यकेन्द्रीय कमाण्डको कार्यक्रममा विद्यार्थीका विभागीय इन्चार्ज कृष्ण अधिकारी र क्रान्तिकारीका केन्द्रीय महासचिव प्रकाश शाही उपस्थित थिए ।

२०७५ मंसिर १९ गते प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :