मलाई मानसिक यातना दिइयो : नारायण महर्जन, केन्द्रीय सदस्य, नेकपा

Bishnu kumar maharjan (Narayan)

(नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता नारायण महर्जनलाई निर्वाचनको पूर्वसन्ध्यामा वैशाख २१ गते काठमाडौंबाट प्रक्राउ गरि आइतबार प्रहरी रिहा  गरिएको छ । उनै नेता महर्जनसंग गरिएको कुराकानीको संपादीत अंश)
»» तपाई कहाँबाट, कसरी गिरफ्तार हुनुभएको थियो ?
मलाई किर्तिपुर नयाँबजार ओजस बेकरीबाट, वैशाख २१ गते विहान तपाईसँग केहि सोधपूछ गर्नु छ भनी बिना पूर्जी गिरफ्तार गरिएको हो ।
»» गिरफ्तार गर्नुको कारण के रहेछ त ?
मलाई बिनाकारण गिरफ्तार गरिएको हो । संवैधानिक रुपमै राजनैतिक आस्था राख्नु, कुनै बिषयमा असहमति राख्नु मौलिक हकको बिषय हो । तर चुनाव खारेजीको नारा लिएर नेपाल कम्युनिस्ट पार्टीले बढाएको अभियानबाट खतरा महशुस गरेर गिरफ्तार गरियो ।
»» प्रहरीले के विषयमा बढी केन्द्रीत भएर सोधपुछ गरे ?
आन्दोलनका बिषय भन्दा प्राविधिक बिषयमा सामान्य सोधपूछ भयो । नेतृत्व कहाँ छन्, कहाँ बस्छन्, नेता कार्यकर्ता कहाँ छन् जस्ता सामान्य सोधपूछ गरियो ।
»» पक्राउ पूर्जि दिइयो कि ? दिएको थिएन ?
गिरफ्तार गर्दा नभई म्याद थप पश्चात मात्र पक्राउ पूर्जी दिइयो ।
»» शारिरीक मानसिक यातना दिइयो कि ?
शारीरिक रुपमा त होइन तर राजनैतिक रुपमा असाध्यै अराजनैतिक रुपमा प्रस्तुत भइ प्राविधिक पक्षमा मात्र केन्द्रित गरी निरास गर्ने गरी प्रस्तुत भए । मानसिक यातना दिइयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :