आम सभालाई प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने निश्चित, भ्रममा नपर्न अपिल

काठमाडाैँ  : नेपाल कम्युनिस्ट पार्टीद्धारा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको ¥याली र सभाको निर्णय गत केन्द्रीय समितिले नै गरेको हो । सभालाई नेकपाका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले सम्बोधन गर्ने निर्णय गत स्थायी समितिको बैठकले गरेको थियो । मङ्सिर ८ गतेको सभालाई प्रकाण्डलगायत नेताहरुले सम्बोधन गर्ने निर्णय भएको अधिकारिक निर्णय कात्तिक २० गतेदेखि लगातार सार्वजनिक भएको र सञ्चार माध्यममा प्रशारण समेत भइरहेको अबस्थामा बुधबार प्रकाशित रातोखबर साप्ताहिकमा असावधानीशवस अन्यथा प्रकाशित भएको हुनाले भ्रममा नपर्न सम्पूर्ण पार्टी पङ्ती र जनसमुदायमा नेकपाले अपिल गरेको छ ।

२०७५ मङ्सिर ६ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :