सहिदको रगत

कविता

नबगेको कुनै गाउँ नै छैन
नढलेको कुनै ठाउँ नै छैन
सहिदको रगत, पसिना शरीर
नबुझेको कुनै भाषा नै छैन
नजोडेको कुनै नाता नै छैन
संसार जितेको सहिद बनेर

भिबोर्ग देखि भिमान सम्म
से–आन्तुआन देखि सुखानी सम्म
स्टोनोमा होस् वा साङ्घार्इ मा होस्
भारतवर्ष अफ्रिका, अस्ट्रेलिया
जहाँ उठे पनि मुक्तिको आवाज
एउटै भाषा हो, सभ्यता एउटै हो
स्वतन्त्र मनिस अन्तर्राष्ट्रिय जाति हो ।।
नबगेको…

हट्नेछन् सीमारेखाहरू, लुटेराको दिन जानेछन्
विश्व हुनेछ हाम्रो मानव जातिको, शान्ति, समृद्धि र प्रगतिले
ब्र≈माण्ड छुनेछ अर्को जीबन नयाँ गतिसँगै
पूरा हुनेछन् सबै मानिसका अनन्त चाहनाहरू ।।
नबगेको ……

स्रोत : “नयाँ सुखानी”

२०७५ मङ्सिर ४ गते प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :