मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसार स्वरुप दाङ र कैलालीमा मोटरसाइकल र्‍याली

   
काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी दाङ र कैलालीले मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसार स्वरुप सोमबार दाङ र कैलालीमा मोटरसाइकल र्‍याली निकालेका छन् । सयौँको सङ्ख्यामा तुलसीपुर देखि घोराही सम्म झण्डा सहित र्याली गरिएको नेकपा दाङ इन्चार्ज सविनले जानकारी दिएका छन् । यहि काठमाडौँमा हुन गइरहेको जनसभामा सहभागी हुन अपिल तथा प्रचारप्रसारसहित र्‍याली तथा प्रदर्शन गरिएको हो ।

र्‍यालीमा सहभागी सबैलाई धन्यवाद ज्ञापन नेकपाका जिल्ला सेक्रेटरी विक्रमले दिएका थिए । त्यस्तै कैलालीमा मोटरसाइकल र्‍याली निकालेको समाचार प्राप्त भएको छ । त्यस्तै चितवनमा पनि सोमबारै मोटरसाइकल जुलुस निकालेको छ । मेघौली बजारबाट बिहान ८ बजे शुरु भएको जुलुस चनौली, शारदानगर, रामपुर हुँदै मंगलपुर बजारमा पुगेर समापन भएको नेकपा चितवनका सेक्रेटरी धुर्वले बताएका छन् ।

२०७५ मङ्सिर ३ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :