चितवनमा नेकपाका कार्यकर्ता गिरफ्तार / काठमाडौँमा भित्ते लेखनमा प्रहरीको हस्तक्षेप

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका १ जना कार्यकर्तालाई प्रहरीले सोमबार गिरफ्तार गरेको छ । गिपरफ्तार पर्नेमा पार्टीका नगर सदस्य नारायण लामिछाने रहेका छन् । उनलाई चितवन, नारायणगढको पुलचोकबाट बाटोमा हिनिडहेको अवस्थामा सादा पोशाकका प्रहरीेले गिरफ्तार गरेको जानकारी हाम्रा चितवन संवाददाताले दिएका छन् । त्यस्तै नेकपा गोरखाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई गिरफ्तार गरेको केही समयमै रिहा गरेको जानकारी गोरखा संवाददातले दिएका छन् । यता काठमाडाैँमा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजले काठमाडौँको  बसपार्कमा यही मंसिर ८ गतेको जनसभाकाे  प्रचारप्रसार क्रममा  भित्ते लेखन गरिरहेको  अवस्थामा प्रहरीले अवरोध गरेको  समाजका केन्द्रीय अध्यक्ष रत्न मगरले बताएका छन् ।

२०७५ मङ्सिर ३ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :