नेकपाका गोरखा जिल्ला इन्चार्जसहित तीन जना गिरफ्तार

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, जीवन क्षेत्री, विद्यार्थीका जिल्ला अध्यक्ष शुसान सुवेदीसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई साेमबार जिल्लाबाटै यही मंसिर ८ गतेको प्रचारप्रसार गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको नेकपा गण्डकले जनाएको छ । गण्डक ब्युरोे इन्चार्ज आस्थाले र्इराताे खबरसँग कुराकानी गर्दै आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । 

२०७५ मङ्सिर ८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :