जनसभाको प्रचारप्रसार व्यवस्थित बनाउने निर्णय, जनसभा प्रचारप्रसार उपसमितिको बैठक

काठमाडौँ : नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारीका साथै प्रचारप्रसारलाई तीव्र पारेको छ । जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि सोमबार काठमाडौँमा आयोजित प्रचारप्रसार उपसमितिको बैठकमा पार्टी पीबीएम अनिल विरहीको विशेष उपस्थिति थियो । उपसमितिको संयोजक पार्टी केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलन रहेका छन् । प्रचारप्रसारलाई व्यवस्थित गर्न बसेको बैठकमा उपसमितिका सदस्य तथा क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, रातो खबरका प्रबन्धनिर्देशक भीमप्रसाद चापागाईं, सम्पादक अशोक सुवेदी, पत्रकार सङ्गठनका पदाधिकारी, विभिन्न अनलाइन, पत्रपत्रिकालगायत मिडियाको सहभागिता थियोे ।

प्रचारप्रसारलाई व्यवस्थित बनाउन प्रचारप्रसार उपसमिति क्रियाशील बनेको छ । उक्त उपसमितिको पहिलो बैठक मङ्सिर १ गते शनिबार काठमाडौँमा बसेको थियो । बैठकले रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना निर्माण गरेको छ ।

२०७५ मङ्सिर ८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :