रिहा हुनासाथ पुनः पक्राउ

cHITWAN KA GIRAFTAR NETAHERU

काठमाडौंः जेठ १३, चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा विभिन्न समयमा चितवनबाट गिरफ्तार नेकपाका ५ जना स्थानीय नेताहरु रिहा गर्नासाथ विना कारण शुक्रबार पुनः पक्राउ गरिएका छन् । पक्राउ पर्नेहरुमा विराट रुम्बा, रघुवीर शर्मा, पुरन राई, रोशन कार्की र शंकर गुरुङ छन् । उनीहरुलाई शुक्रबार धरौटीमा रिहा गरिएको थियो । रिहा हुनासाथ तत्काल पुनः पक्राउ गरी हेटौंडा प्रहरीले सोधपुछ गर्न चाहेको कारण देखाउँदै पाँचै जनालाई मकवानपुर प्रहरी हिरासतमा राखिएको छ । मकवानपुरका विभिन्न घटनामा फसाउने उद्देश्यले सो पक्राउ गरिएको आशंका नेकपाले गरेको छ । त्यसैगरी नेकपाका पर्सा इन्चार्ज लक्ष्मण उप्रेतीलाई विरगंजबाट चितवन प्रहरी कार्यालय ल्याइएको छ । Suresh Lama

 

त्यसैगरी राष्ट्रिय युवा जनस्वयंसेवक ललितपुरका अध्यक्ष सुरेश लामालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरी थुनामा राखेको छ । बैशाख ११ गते कामको शिलशिलामा ललितपुरको लगनखेलमा हिँडिरहेको अवस्थामा अपहरण शैलीमा गिरफ्तार गरिएका लामालाई शरिर बन्धक तथा अपहरण मुद्दा चलाई थुनामा राखिएको थियो । थुनामा राखिएको २५ दिन पछाडि जिल्ला अदालत ललितपुरका न्यायधिस रमेश ज्ञवालीको इजलासले ७५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । धरौटी बुझाइसकेपछि पनि केही काम छ भनी जिल्ला प्रहरी कार्यालय ललितपुर लगिएका लामालाई आफन्तसँग भेट्नसमेत नदिई प्रहरीले पुनः पक्राउ गरी थुनामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :