इलाम जिल्ला जनसरकार प्रमुखसहित २ जना गिरफ्तार

इलाम : नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेता-कार्यकर्तालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । यसरी गिरफ्तार पर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा जिल्ला जनसरकारका प्रमुख नवराज तामाङ, छिरिङ रहेका छन् । उनीहरुलाई इलाम जिल्ला सदरमुकाम नजिक भञ्ज्याङबाट पार्टीको प्रचार गर्दै हिड्ने क्रममा गिरफ्तारीमा परेका हुन् ।

आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै उक्त पार्टीका जिल्ला इन्चार्ज सर्व श्रेष्ठले आपत्ति जनाएका छन् । इन्चार्ज श्रेष्ठले आफ्ना नेताकार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन् ।

२०७५ मङ्सिर १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :