मौलीक हक कार्यान्वयनमा सरकार उदासीन

ताप्लेजुङ : क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रीय समितिको आयोजना र ताप्लेजुङ जिल्ला शाखाको आयोजनामा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुले मौलिक हक कार्यान्वयनमा सरकार उदासिन देखिएको बताएका छन् । उनीहरुले स्वतन्त्रतापूर्वक बोल्न र लेख्न समेत नपाउने गरि सरकारले वातावरण विगारेको टिप्पणी गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका ताप्लेजुङ इन्चार्ज सक्कल लिम्बुले सरकारले आफ्ना राजनैतिक गतिविधिहरुमा अवरोध पुर्‍याएको भन्दै संसदीय व्यवस्था अन्त्यका लागि आफूहरुको संघर्ष निरन्तर जारी रहने बताए । उनले नेपालमा जबरजस्ति थोपरिएको दलाल संसदीय व्यवस्था अन्त्यका लागि आफूहरुले निरन्तर क्रान्ति गर्ने बताए । कार्यक्रममा नेपाल बार एशोसिएसनका जिल्ला सचिव बलराम भट्टराई, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष चन्द्र पन्दाक, नेपाली कांग्रेसका जिल्ला सचिव छवी गुरुङ, इन्सेक प्रतिनीधि देवराज गुरुङ, मानव अधिकार, सञ्जाल तथा शान्ति कार्य समूहका अध्यक्ष खड्क विक्रम सुवेदी, मानव अधिकार संरक्षण तथा असाय कानुनी सेवा केन्द्रका अध्यक्ष देवनीधि पौडेल संघीय लिम्बुवान राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य मुक्साव लावुङ, लगायतले आफ्नो धारणा राखेका थिए। क्रान्तिकारी पत्रकार संगठन, नेपालले मानव अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा ताप्लेजुङमा १३ औं कार्यक्रम गरेको हो । कार्यक्रमका लागि संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट र कोषाध्यक्ष जानकी चौधरी ताप्लेजुङ पुगेका थिए ।

२०७५ कात्तिक २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :