सहिद–बेपत्ता परिवारसँग नेकपा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले जिल्लाको सैनामैना नगरपालिकामा रहेको सहिद÷बेपत्ता परिवार तुलसा पाण्डेको खेतमा धान काटेर श्रमदान गरेको छ । नेकपा रूपन्देहीले बुधबार जिल्लाको अभियानअन्तर्गत धान काटेर श्रमदान गरेको हो ।

श्रमदान कार्यक्रममा जिल्ला इन्चार्ज संगमलगायत जिल्लाका नेता–कार्यकर्ताको सहभागिता थियो । जनयुद्धका क्रममा तुलसा पाण्डेका एक छोरा दुर्गा पाण्डे ‘विवेक’ सहिद र एक छोरा युवराज पाण्डे ‘किरण’ बेपत्ता पारिएका थिए ।

नेकपाले सहिद, घाइते तथा बेपत्ता परिवारलाई विभिन्न सिर्जनात्मक कार्यक्रम गरेर सहयोग गर्दै आएको जिल्ला इन्चार्ज संगमले बताए । रूपन्देहीमा जनयुद्धका क्रममा ६९ जनाले बलिदान गरेका छन् ।

सहिद सप्ताहका सन्दर्भमा नेकपाले सहिद परिवारलाई सम्मानसमेत गर्दै आएको छ । यसैगरी अन्य सहिद परिवारसँग पनि भेटघाट तथा श्रमदान गर्ने तयारी रहेको नेकपाले जनाएको छ ।

२०७५ कात्तिक १६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :