सर्लाहीमा माओवादी केन्द्रको किल्ला भत्कियो

सर्लाहीः जेठ १०, नेकपा (माओवादी केन्द्र) सर्लाहीका सय भन्दा बढि कार्यकर्ताहरु बुधबार नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन् । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा आयोजित ध्रुविकृत कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सर्लाही जिल्ला सचिवालय सदस्य डा. पेटर शाह सहित सय भन्दा बढि कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । उनीसंगै जिल्ला सचिवालय सदस्य सोबित शाह र ईश्वरपुर नगरपालिकाका वडा अध्यक्षका उमेद्वार एबम् जिल्ला सदस्य रामएकवाल महतो, अर्का जिल्ला सदस्य रामप्रसाद महतो र पूर्व जनमुक्ति सेना सतिलाल राई लगाएत प्रवेश गरेका हुन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा कार्यवाहक जनकपुर व्यूरो इन्चार्ज देवनारायण शाहको प्रमुख आतिथ्यता र जनकपुर व्यूरो कार्यालय सचिव राजुकार्की, जिल्ला इन्चार्ज कमल, मजदुर नेता कैलाश, सिताराम लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :