नेकपाका इन्चार्ज कार्की र सेक्रेटरी क्षेत्री गिरफ्तार


जनकपुर  : नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेताकार्यकर्ता गिरफ्तारीमा परेका छन् । गिरफ्तारी पर्नेमा नेकपा धनुषा जिल्ला इन्चार्ज राजु कार्की र धनुषाकै जिल्ला सेक्रेटरी अमर क्षेत्री रहेका छन् । उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले धनुषाबाट गिरफ्तार गरेको हो । नेता कार्की र क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरी बेपत्ता पारेको नेकपा जनकपुर ब्युरोले जनाएको छ । गिरफ्तारीमा परेका नेताकार्यकर्तालाई तत्काल सार्वजनिक गरी रिहा गर्न नकपा जनकपुर ब्युरोले माग गरेको छ । साथै यथाशिघ्र रिहा नगरे आन्दोलनको कार्यक्रम घोषणा बाध्य हुने चेतावनी पनि दिएको छ ।
२०७५ असोज १८ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :