अराजक गतिविधि गर्नेलाई नेकपा मकवानपुरको कारबाही

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टीे मकवानपुरले पार्टीका जिल्ला सदस्य तिलक अधिकारी, रुपा गुरुङ क्रान्तिकारी पत्रकार संगठन नेपालको मकवानपुर जिल्ला सचिव राज सापकोटालाई निस्कासन गरेर साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
नेकपा मकवानपुर जिल्ला सेक्रेटरी अनुरागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अधिकारी, गुरुङ र सापकोटाले पार्टीको निर्णयविरुद्ध अराजक गतिविधि गरेको र पार्टीको पत्रकारहरुको पेशागत आधिकारिक संगठन प्रकाश डुम्रेको अध्यक्षमा गठित क्रान्तिकारी पत्रकार संगठन, नेपालको विरुद्धमा चलाइएको गुटबन्दीमा सहभागी भई पार्टी निर्णयविरुद्ध हर्कत गरेको ठहरसहित निष्कासन गरेर कारबाही गरेको जानकारी दिएका छन् ।

तीनै जना आजबाट पार्टीको कुनै जिम्मेवारीमा नरहेको र पार्टीसँग सम्बन्धित भएर कुनै किसिमको सम्बन्ध नराख्न समेत सबै पक्षसँग सूचित गरिएको जानकारी दिइएको छ ।

‘पार्टी संगठनको नीति, नियम र विधान र पार्टी निर्णयविरुद्ध डिल्लीराज रावतको अध्यक्षतामा अर्को संगठन गरेर अजराजक गतिविधिमा संलग्न भएको पुष्टि भएकोले मकवानपुर जिल्ला पार्टीका सदस्य तिलक अधिकारी, रुपा गुरुङ र क्रान्तिकारी पत्रकार संगठनको मकवानपुर जिल्ला सचिव राज सापकोटा समेतलाई पार्टी जिम्मेवारीबाट साधारण सदस्य समेत नरहने गरी संगठनबाट निष्कासन गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौ’ सेक्रेटरी अनुरागद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

२०७५ असोज १४ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :