गण्डक ब्युरोमा नेकपाको अभियानले लियो तीव्रता

 

   

पोखरा : नेपाल कम्युनिस्ट पार्टीको मध्यपश्चिम कमान्डअन्तर्गत रहेको गण्डक ब्युरोमा ‘सङ्गठन सुढृढीकरण तथा विस्तार अभियान’ तीव्र गतिमा सञ्चालन भइरहेको छ । उक्त ब्युरोका कास्की, पर्वत, म्याग्दीको सिमानामा अभियान चलिरहेछ ।
पर्वतको तिलाहार, राम्जा–चित्रे हुँदै कास्की प्रवेश गरेको अभियान टोली कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले, भिचुक, तोल्का, हुँदै क्लियु, किम्छे, घान्द्रुक भैँसीखर्क, टाडापानी, बनठाँटी, देउराली हुँदै म्याग्दीको घोरेपानी, बनठाँटी, नाङ्गेठाँटी हुँदै कास्कीको उल्लेरीबाट पर्वतको झिलिबराङ पुगी जनभेला तथा अन्तक्र्रिया सम्पन्न गरेको छ ।
अभियानका क्रममा भ्रष्टाचारी, दलालहरूलाई जनकारबाही गर्ने र महँगीविरुद्ध सङ्घर्षलाई सशक्त बनाउने उद्घोष गरेको छ । अभियानमा भित्तेलेखन, पर्चा वितरण गरिनुका साथै शिक्षक, कर्मचारी, बुद्धिजीवी, पर्यटन व्यवसायीहरूसँग व्यापक छलफल गरेको छ ।

२०७५ असोज १४ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :