रोल्पाको गाउँगाउँमा नेकपाको अभियान 

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीले भदौ १ गते देखि सुरु गरेको संगठन सुदृढ तथा विस्तार अभियान भव्यरुपमा देशैभरी चलिरहेको छ । यसै क्रममा नेकपा रोल्पाले शुक्रबार रोल्पाको भिम सेन माध्यमिक विद्यालयमा संगठन निर्माण गरेको छ ।

रुन्टिगढी ५ सैबाङ, रोल्पास्थित भिम सेन माध्यमिक विद्यालयमा गणेश पुन अध्यक्षतामा ६८ सदस्य मुल इकाई समिति गठन गरिएको अभियान टोलीले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विशेष जिल्लाका सेक्रेटरी पुष्टमान घर्तीले नेपालमा दलाल भ्रष्टाचार र जनघात बढेको र हरेक क्षेत्रमा दलालीकरण, भ्रष्टिकरणलाई अहिलेको दलाल सरकारले मलजल गरिरहेको बताएका छन् ।

उहाँले अब नेपालमा शिक्षा क्षेत्रमा आमूल प्ररिवर्तन गर्नका लागि नेपाली शिक्षालाई वैज्ञानिक शिक्षा लागू गर्नुपर्ने आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । त्यसका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा विद्यार्थीहरुलाई लामबद हुन अपिल समेत गरेका छन् ।

कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)का विशेष जिल्ला संयोजक सुशील परियारले गर्नु भएको थियो । नेकपाको चारमहिने यो अभियान देशकाचारवटै कमान्डमा चलिरहेको नेकपाले जनाएको छ ।

२०७५ असोज १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :