भू-माफियालाई नेकपा कञ्चनपुरको चेतावनी

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले ६ सय ५० विगा सरकारी जग्गालाई हडप्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएको छ । भीमदत्त नगर कार्य समिति सचिव आजादले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भीमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको सयौँ विगा जग्गा हडप्ने प्रयास भएको भन्दै कारबाहीको चेतावनी दिएका छन् ।

सचिव आजादले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘भिमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको ६ सय ५० विगा जमिन भाडा प्रकरणमा लाखौँ करोडौँको चलखेल गर्दै भू–माफियाहरु, दलालहरु अति सकृय भइरहेका छन्, भ्रष्ट नगर अध्यक्षमा पूर्व अध्यक्षहरु र केही भ्रष्ट कर्मचारीहरुले सरकारी जमिनलाई विभिन्न वहानामा हडप्ने प्रपञ्च गरिरहका छन् ।’

आजादले नगर विकासको जमिनमा अवैधानिक,अव्यवस्थित ढंगले निर्माण भएका र भइृरहेका कामहरु तुरुन्त रोक्न चेतावनी दिएका छन् । साथै भिमदत्त नगरपालिकाले गम्भीर भएर यथाशीघ्र समाधान गर्न आग्रह गरिएको छ ।

२०७५ असोज १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :