चार पार्टीका ७७ जना नेता–कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौँ : नेकपाको ‘पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तार अभियान’ देशैभर तीव्र रूपमा अगाडि बढेको छ । मध्य, पश्चिम र पूर्वमा पनि यो अभियान प्रभावकारी बन्दै गएको नेकपाले जनाएको छ । यसैक्रममा सप्तरी जिल्लामा मात्र सत्तारूढ पार्टीलगायत विभिन्न पार्टीका ७७ जना नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

पूर्वबाट प्राप्त जानकारीअनुसार सोमबार सप्तरी वर्षहिन, सिम्राहा र गोविन्दपुरबाट राष्ट्रिय मधेसी लोकतान्त्रिक, पार्टीका नेता–कार्यकर्ता प्रमेश्वरी मण्डलसहित २० जना प्रवेश गरेका छन् ।

राजपाका नेता–कार्यकर्ता युरन मुखिया, सतन शाह, सत्यनारायण राम र उर्मिला मण्डल सहित २७ जना पनि नेकपामा प्रवेश गरेका छन् ।

यसैगरी पूर्वमाओवादी केन्द्र, पूर्वएमाले (सरकारी नेकपा) बाट विष्णु शाह, महेश्वर यादव, कामेश्वर, यादव, हीरालाल यादव, लक्ष्मी राम, दीपेन्द्र राम, जगेदेवी मुखियालगायत ३० जनासमेत ७७ जना नेकपामा प्रवेश गरेका छन् ।

उनीहरूलाई जनकपुर ब्युरो पूर्वी टोलीका प्रमुख अमर क्षेत्रीले अभियान क्रममा पार्टी प्रवेश गराएका थिए ।

२०७५ असाेज १० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :