नेकपाका दुई नेता जीवन्त र गम्भीर सर्वोच्चबाट पुनः गिरफ्तार


काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीका दुई पोलिट ब्युरो सदस्य मोहन कार्की (जिवन्त) र कृष्ण धमला (गम्भीर)लाई सर्वोच्च अदालतले रिहा गरे लगत्तै अदालत परिसरबाट पुनः प्रहरीले गिरफ्तार गरेको छ । सर्वोच्चका माननीय न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह रावतको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो ।

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, एकराज भण्डारी अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, लक्ष्माण थपलिया, कान्तिराम ढुंगाना, खिमानन्द अधिकारी, राजु अधिकारीले बहस गरेका थिए । उनीहरुलाई प्रहरीले गिरफ्तार गरी संखुवासभा लाने तयारी भइरहेको स्रोतले बतायो ।

जिवन्त र गम्भीरलाई साउन १० गते काठमाडौँ आउदै गरेको बेला थानकोटबाट प्रहरीले पक्राउ गरेको थियो । यसैबिच उनीहरुलाई सर्वोच्च अदालतले रिहा गरेलगत्तै प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको थियो । उनीहरुलाई पनि भदौ १८ सोमबार दिउँसो सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट उपर सुनुवाई गर्दै रिहाको आदेश दिएको थियो ।

यस अघि उनीहरुलाई काभ्रे, नुवाकोट, दाङको प्रहरी हिरासतमा राखिएको थियो । उनीहरुलाई बाहेक नेकपाका अन्य ३ पोलीट ब्युरो सदस्य, केन्द्रीय सदस्यहरु र अन्य नेताकार्यकर्ताहरु देशैभरी प्रहरी हिरासतमा छन् । 

पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै जीवन्तले आफूहरुलाई गैरकानुनी र राजनीतिक पूर्वाग्रहका आधारमा गिरफ्तार गरिएको भन्दै पक्राउ पुर्जी नबुझ्ने बताएका थिए ।

 
 

२०७५ असोज ५ गते प्काशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :