काठमाडौँ : नेकपाको पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान दिनदिनै सानदार रुपमा सफल बन्दै गएको छ । मध्य, पश्चिम र पूर्वमा पनि यो अभियान प्रभावकारी बन्दै गएको नेकपाले जनाएको छ । यसै क्रममा सप्तरी जिल्लामा मात्र विभिन्न पार्टी परित्याग गरी २५ जना नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
पूर्वबाट प्राप्त जानकारीअनुसार बिहीबार सप्तरी बेलाहीमा राजपाका नेता–कार्यकर्ता योगिन्दर मण्डल, मुक्ति मण्डल, महावीर मण्डल नेकपामा प्रवेश गरेका छन् ।
भियानकै क्रममा पूर्वमाओवादी केन्द्र (सरकारी नेकपा) बाट भिखान मण्डल, महादेव मण्डल, गोसिया मण्डल पनि नेकपामा प्रवेश गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टीका ईश्वरी मण्डल, रामआशीष मण्डल, महावीर मण्डललगायत २५ जना नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
उनीहरूलाई जनकपुर ब्युरो पूर्वी टोलीका प्रमुख अमर क्षेत्रीले अभियान क्रममा पार्टी प्रवेश गराएका थिए ।
२०७५ असोज ५ गते प्रकाशित