प्रकाण्ड र शिलु सर्वोच्च अदालतबाटै पुनः गिरफ्तार

काठमाडौँ :  सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलुलाई प्रहरीले फेरी अदालतपरिसरबाटै पुनः गिरफ्तार गरेको छ । गैरकानूनी रुपमा थुनामा राखको भन्दै विरेन्द्र विश्वकर्माले रिहाइको माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रकाण्डलाई शुक्रबार नै अदालतको मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो । तर प्रहरीले दुवै नेतालाई रिहा लगत्तै पक्राउ गरेको छ । रिहापछि प्रकाण्डको यो पाँचौ पटकको गिरफ्तारी हो ।

पटक पटक सर्वोच्चको आदेशमा रिहाई हुँदै आएका प्रकाण्डलाई तत्कालै सरकारले पटकपकट गिरफ्तार गरी थुनामा राख्ने गरेको विषयमा सर्बोच्चले यसअघि नै चासो ब्यक्त गरेको छ । यसैबिच प्रकाण्डले सरकारले सार्वजनिक गरेको वार्ता टोली हैसियतविहीन भएको बताउँदै वार्ता गर्न नसकिने बताएका छन् ।

साथै प्रकाण्डले सरकारसँग वार्ता गर्नुको कुनै औचित्य र अर्थ नभएको भन्दै आफनो पार्टीका दर्जनौं नेता कार्यकर्तालाई झुठा आरोपमा जेलमा राखेर वार्ताको आह्वान गर्नु हास्यास्पद मात्र भएको समेत बताएका छन् । सर्वोच्च अदालतमा परिसरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले यस्तो बताएका हुन् ।

२०७५ भदाै २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :