पार्टी संगठन विरुद्ध गतिविधि गर्नेमाथि कारबाही

नेकपाका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज सुर्दशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टी र नेतृत्वविरुद्ध गतिविधि गरेको भन्दै आफु सम्बद्ध ५ जनालाई कारबाही गर्दै पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज सुर्दशनले भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी सम्बद्ध ५ जनालाई कारबाही गरिएको कुरा सावर्जनिक गरेका छन् ।

विज्ञप्तिमा जनाइए अनुसार सो पार्टीसम्बद्ध क्षेत्रीय ब्युरो सदस्यको जिम्मेवारीमा रहेका प्रभात चलाउने, जिल्ला समिति सदस्यहरु जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदिप बर्देवालाई नेकपाले पार्टीबाट अनिश्चितकालका लागि निस्कासीत गरेको छ ।

हालै मात्र नेकपा निकट सम्पूर्ण जनवर्गीय संगठन, मोर्चा र विभागको इन्चार्जको जिम्मेवारी लिएका नेता सुदर्शनले विज्ञप्तिमार्फत पार्टी निर्णय विरुद्ध अराजकता मच्चाएको, महत्वपूर्ण सुचनाहरु बाहिर चुहाएको, पार्टी र नेतृत्वका विरुद्ध सामाजिक संजालमा भ्रामक समाचार दिएको र जिम्मेवार ब्यक्तिमाथि हातपात गरेकोले उनीहरुलाई कारबाही गरिएको स्पस्ट पारेका छन् ।

यस अघि क्रान्तिकारी पत्रकार संगठनका नाममा केही ब्यक्तिहरुले सामाजिक संजालमा भ्रम सिर्जना गर्नेखालको विज्ञप्ति सार्वजनिक गरेको भन्दै नेकपाका केन्द्रीय कार्यालय सचिव धु्रवले एक विज्ञप्ति जारी गरी प्रकास डुम्रेको नेतृत्वमा गोलबन्द हुन आफु निकट सबै पत्रकारहरुलाई आग्रह गरेका थिए ।

विज्ञप्तिको पुर्णपाठ-

२०७५ भदौ २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :