नेकपाका प्रवक्ता प्रकाण्ड र नेतृ शिलु सर्वोच्चमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र पोलिट ब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई सर्वोच्च अदालत ल्याइएको छ । बिहीबार प्रकाण्डलाई बिहान दाङबाट आन्तरिक उडानबाट काठमाडौँमा अवतरणपछि सर्वोच्च ल्याइपु¥याइएको हो भने शिलुलाई नुवाकोटबाट काठमाडौँको सर्वोच्च अदालमा ल्याइपु¥याइएको हो ।

प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले गैरकानूनी तरिकाले गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको भन्दै रिहा गर्न मागसहित दर्ता गरेको निवेदनमाथि बहस गर्न प्रकाण्डलाई बाटोको म्याद बाहेक ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च आदलतले यही २५ गते आदेश दिएको थियो ।

गत साउन २२ गते साँझ साढे ७ बजे काठमाडौंको दक्षिणकालीबाट गिरफ्तार गरेयता बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहस यो चौथो पटक हो । उनलाई काठमाडौँ, काभ्रे, नुवाकोट र भोजपुरमा लगाइएको अभियोग किनारा लागेपछि भदौ २० गते अर्को अभियोगमा दाङ लगिएको थियो ।

नेतृ भुजेललाई बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस गर्न सर्वोच्च अदालत ल्यइएको यो दोस्रो पटक हो । रिहा यही भदौ १२ गते काठमाडौँबाट गिरफ्तार गरेको थियो । उनलाई काभ्रेपलाञ्चोक, नुवाकोट लगिएको थियो ।

हालसम्म पार्टीका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पमद राई, उमा भुजेल, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरू दिपेश राई, टेकबहादुर केसी, असल खड्का, देवनाराण शाहलगायत सयौं नेता–कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् ।

२०७५ भदौ २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :