नेकपाका नेता पुनलाई भदौ २८ गतेभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई भदौ २८ गतेभित्र उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहसपछि न्यायाधीश ऋषिप्रसाद अधिकारीको एकल इजलासले सोमबार सो आदेश दिएको हो ।

पुनलाई गैरकानूनी रुपमा गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखेको जनाउँदै रिहा गर्न माग राखेर हरिशंकर प्याकुरेलले उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए ।

प्याकुरेलले पेश गरेकाे रिटमाथिको सुनुवाई गर्दै न्यायाधीश अधिकारीको इजलासले बन्दी पुनलाई रिहा गर्न किन नपर्ने हो ? सोको लिखित जवाफसहित भदौ २८ गते उच्च अदालतमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय बाँकेलगायत विपक्षीको नाममा आदेश जारी गरेको हो । 

पुनलाई गत असार १९ गते राति ९ बजे काठमाडौंको लाजिम्पाटबाट सादा पोशाकका प्रहरीले गिरफ्तार गरी बर्दिया, कैलाली हुँदै हाल बाँके जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ ।

२०७५ भदौ २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :