नेपाली राजनीतिकमा वली सरकारले तिर्न नसक्ने मूल्य चुकाउनुपर्नेछ : प्रकाण्ड

 

 दाङ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वली सरकार प्रधानमन्त्री र गृहमन्त्रीले नेपाली राजनीतिकमा तिर्न नसक्ने गरी ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । उनले भने– ‘अबको क्रान्ति र जनताको परिवर्तन सबै कुरा गर्दा सरकारलाई गलत लाग्यो, संविधान कानुन विपरित लाग्यो अहिले जुन झुठ्ठा मुद्याको खेति गरिरहेका छन् यसको मूल्य तिर्न नसक्ने हुन्छ ।’ मुद्दा लगाउने तथ्य आधार केही नभएको तर राजनीतिक पूर्वाग्रह आग्रहको आधारमा फसाउनको निम्ती झुठ्ठा मुद्दा लगाएकाले त्यसको सामना गरेर अगाडि बढ्ने बताए ।

तपाईको समकक्षी अहिले गृहमन्त्री हुनुहुन्छ तर तपाईको हातमा हडकडी लागेको छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने –‘कुनै समयको समकक्षीहरु अहिले आएर प्रतिक्रान्तिकारी हुन्छन्, प्रतिक्रियावादी हुन्छन्, राष्ट्रघाती हुन्छन् राजनीतिमा यस्तो हुन्छ, अहिले उहाँहरु विगतमा १० वर्षे जनयुद्धमा नेपाली समाज र नेपाली जनताको मुक्ति र परिवर्तनको निम्ती जुन हामीले सँगै संघर्ष गरेका थियौं, पछिल्लो दिनमा उहाँहरु प्रतिक्रान्तिको कित्तामा जानुभयो, अहिले दलाल ठेकदार भएर बस्नुभएको छ, यसकारण हामीले राष्ट्रका निम्ती अबको क्रान्ति र जनताको परिवर्तन सारासाराका कुरा गर्दा उहाँहरुलाई गलत लाग्यो संविधान कानुन विपरित लाग्यो अहिलो झुठ्ठा मुद्याको खेति गरिहनुभएको छ ।’

भोजपुर जिल्ला अदालतले रिहा गरे लगत्तै भदौंको २० गते दाङ जिल्ला प्रहरीले गिरफ्तार गरेर उनलाई बम विस्फोट तथा कर्तव्य ज्यान मुद्धा लगाइएको छ । अबको ३ दिनभित्रमा जिल्ला अदालतमा थप उपस्थित गराउने गरि हिरासतमा राखिएको छ ।

२०७५ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :