बारामा मजदुहरु संगठित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ बारा जिल्लाको भेला सम्पन्न भएको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष अमर  झाँक्रीकाे प्रमुख अातिथ्यतामा जिल्ला भेला शुक्रबार सम्पन्न भएको हो ।

भेलाले भिम खनाल संयोजकत्वमा १५ सदस्यीय चयन गरेको छ । उक्त भेलालाई महासङ्घका केन्द्रीय अध्यक्ष अमर झाँक्री, नेकपा बाराका इन्चार्ज सन्जीबनी, सेक्रेटरी राजन, उक्त महासङ्घका केन्द्रीय सदस्य टुङ्गनाथ तिमल्सिना, पर्सा जिल्लाका अध्यक्ष कमलेस साहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भिम खनालको अध्यक्षतामा शुरु भएको कार्यक्रमकाे सञ्चालन गोविन्द गौतमले गरेको थियो भने स्वागत मन्तव्य दिनेश खतिवडाले राखेका थिए ।
२०७५ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :