अखिल (क्रान्तिकारी) कास्कीको २२औँ सम्मेलन सम्पन्न, अध्यक्षमा गुरुङ

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीको २२ औँ जिल्ला सम्मेलन सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाही, विशेष अतिथि कास्की सेक्रेटरी आक्रोश, उक्त संगठनका केन्द्रीय सदस्य मुकुन्द श्रेष्ठको उपस्थितिमा  सम्मेलन सम्पन्न भएकाे हाे ।

“सामाजिक दलाल पुँजीवाद र शैक्षिक ब्यापारीक केन्द्रको विरुद्ध हाम्रो अभियान !, जनशीक्षा र संघर्षशिल सङ्गठनका लागि २२ औँ जिल्ला सम्मेलन !!” नाराका साथ कास्कीको पोखरामा भदौ २२ र २३ गते उक्त सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले काजी गुरुङको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको जानकारी उक्त संगठनका केन्द्रीय कार्यालय सचिवसमेत रहेका मुकुन्द श्रेष्ठले दिएका छन् ।
कार्याक्रमको उद्घाटन सङ्ठनका महासिचव शाहीले पटका पढ्काएर उद्घाटन गरेका थिए ।  भदौ २२ गते उद्घाटन भएको दिन पोखरा रङ्गशाला देखि पोखरा सभागृहसम्म निकालिएको ¥यालीमा हजारौँ विद्यार्थीले सहभागिता रहेका थिए ।

२०७५ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :