नेकपाका नेता किरण राई रिहा, नेता दिपेश राईसहित चार जना पुनः अदालत परिसरबाटै गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईलाई रिहाई भएका छन् । गत साउन २९ गते धरानबाट पक्राउ परेका नेता राइलाई बिहीबार जिल्ला अदालत सुनसरीले रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले थप एक दिन हिरासतमा राखेर प्रहरीले हिजो साँझ रिहा गरेको हो ।

उनीसँगै पक्राउ परेका अर्का नेकपा केन्द्रीय सदस्य दिपेश राई, सगरमाथा ब्युरो सदस्य चन्द्र बुढाथोकी, राकेश किराती र मोरङबाट गिरफ्तार दिपक राइलाई भने रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरि उदयपुर लगेको छ । यसअघि बैसाख ५ गते धनकुटाको हिलेबाट गिरफ्तार परेका नेता किरण राईलाई १ सय १२ दिन हिरासत बसेर रिहा भएका थिए ।

पछिल्लो समय प्रहरीले देश्व्यापी नेकपाका नेता–कार्यकर्तामाथि हस्तक्षेप बढाएको छ । यसैक्रममा हालसम्म हालसम्म नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पोलिटब्युरो सदस्यहरु पमद राई, उमा भुजेल, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरू दिपेश राई, टेकबहादुर केसी, असल खड्का, देवनाराण शाहलगायत सयौं नेता–कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् ।

पछिल्लो समय नेकपामाथि सरकारले राजनीतिक व्यवाहार भन्दा पनि प्रशासनिक व्यवाहार गरेको भन्दै सरकारको चौतर्फी विरोध भैरहेको छ ।

२०७५ भदाै २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :