धादिङमा हेलिकोप्टर दुर्घटना, सवार सबैको नामावली सार्वजनिक

काठमाडौँ : गोर्खाबाट काठमाडौँ फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताए।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु रहेका छन् । त्यस्तै जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।
उनीहरुको अवस्था कस्तो छ भन्ने खुलिसकेको छैन ।

२०७५ भदाै २३ गते प्रकािशत

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :