एसिया कप छनौट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ : एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो ।

जितका लागि नेपालका बसन्त रेग्मीले ह्याट्रिक गरेका छन् । त्यस्तै सन्दिप लामिछाने र सोमपाल कामी एक्लैले दुई दुई विकेट लिए । नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याइएको मलेशियाले अल ओभरमा १६९ रन मात्र बनाउन सक्यो ।
यसअघि सुरुमा व्यांटिङ गरेको नेपालले एसिया कप छनौटमा नेपालले मलेशियाका सामु १ सय ८९ रनको लक्ष्य दिएको थियो । ३० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । नेपालका आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले एसिया कप छनोटमा मलेसियासामू १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालको लागि ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ रनको योगदान दिए । त्यस्तै सागर पुन शुन्यमै आउट भएका थिए । नेपालले ६० रन जोड्दा महत्वपुर्ण पाँच विकेटका गुमाउन परेको अवस्थामा बाट सम्हालिएको व्यांटिङ गर्दै १ सय ८८ रनको योगफल तयार पारेको हो । नेपालको पारी दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हालेका थिए ।

छैटौं विकेटका लागि आरिफ शेखसँग १ सय १ रनको साझेदारी गरेका दिपेन्द्रले व्यक्तिगत ५४ रनको योगदान दिएका थिए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए ।

२०७५ भदौ १६ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :