कालिकोटमा नेकपाको अभियान

कालिकोट : नेपाल कम्युनिस्ट पार्टी कालिकोटले अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेकपा कालीकोटले ‘संगठन सुदृढ तथा विस्तार’ अभियान शुक्रबारबाट सुरु भएको हाम्रा कालिकोट संवाददाताले बताएका छन् ।

अभियानको क्रममा जिल्लाका सबै स्थानीय तहमा संगठन सुदृढ तथा विस्तार गरिनुको साथै भ्रष्टाचार, कोलोबजारी, महंगी, दलालीविरुद्ध पनि विशेष कदम चाल्ने भएको छ ।

जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको नेकपाले मदिरा बिक्री बितरण गरे नगरेको अनुगमन समेत गर्ने बताइएको छ । त्यसैगरी जिल्लाका सहिद, वेपत्ता र घाइते परिवारवालाई भेट्नुको साथै जनश्रममा सहभागी हुने नेकपा कालिकोटले जनाएको छ ।

उक्त पार्टी भदौ १ गते देखि देशैभरी ‘संगठन सुदृढ तथा विस्तार’ अभियान चलाइरहेको छ ।

२०७५ भदौ १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :