विप्लवको राजनीतिक मागलाई राजनीतिक ढंगले नै समाधान गर्नु पर्छ : अशोक राई

काठमाडौँ : संघीय समाजवादी फोरमका उपाध्यक्ष अशोक राईले नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक मागलाई राजनीतिक ढंगले नै समाधान गर्नु पर्ने बताएका छन् । अध्यक्ष राईले जनमुक्ति खबरसँग गरेको अन्तर्वार्तामा उक्त कुरा बताएका हुन् ।

सरकारले कानुनी उपचार मात्रै खोज्न नहुने भन्दै सरकारले रचनात्मक ढंगले यसको समाधान गर्न पहल गर्नुपर्ने उनको भनाई छ ।

राईले अन्तरर्वातामा भनेका छन्, ‘कमरेड विप्लवसँग वार्ता तथा छलफलको माध्यमबाट समस्याको सामाधान गर्न विभिन्न सुत्रहरु मार्फत् पहल गर्नु पर्दछ । उहाँले भनेको क्रान्ति र परिवर्तनलाई कसरी सामाधान गर्न सकिन्छ ।’

उपाध्यक्ष राईले क्रान्ति र परिवर्तन आफैमा राम्रो कुरा भएको भन्दै त्यो वातावरण सरकाले गर्नुपर्ने बताए ।  साथै सरकारले खाली कानुनी उपचार मात्रै खोज्ने हो भने नेपाल कहिलै सुखि र शान्ति रहन नसक्ने उनको धाराणा छ ।

२०७५ भदौ १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :