पोखरामा संयुक्त विद्यार्थी संगठनको विरोध सभा

 

पोखरा : कास्कीमा सक्रिय चार विद्यार्थी संगठनले संयुक्त रुपमा पुष्पा के.सी मृत्यु प्रकरणको विरोधमा मंगलबार पोखरामा विरोध सभा गरेका छन् । विभिन्न चार विद्यालयका विद्यार्थीको उपस्थितिमा वृहत् ¥याली सहित विरोध गरिएको हो ।
विरोध सभामा नेकपा निकट अखिल (क्रान्तिकारी) कास्की जिल्ला सचिव आस्था नेपालीले प्रशासनलाई ठाडो चुनौती दिदै प्रशासनले घटनाको सत्यतथ्य छानवीन गर्न नसके संयुक्त विद्यार्थीलाई हस्तान्तरण गरे विद्यार्थीले छानबिन गर्ने बताइन् । पीडित अभिभावकले न्याय नपाउदासम्म र हत्यारालाई सार्वजनिक नगर्दासम्म कुनै पनि हालतमा आन्दोलन पछाडि नहट्ने उद्वघोष गर्दै उनले पुष्पा के.सिप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना समेत व्यक्त गरिन् ।
त्यस्तै सभालाई सम्बोधन गर्दै नयाँ शक्ति विद्यार्थी युनियनका कास्की जिल्ला अध्यक्ष विशाल तिमिल्सिनाले कुनै पनि बहानामा हत्यारालाई लुकाउन खोजियो भने संयुक्त विद्यार्थीको आन्दोलन चुपलागेर नबस्ने उद्वघोष गरे । त्यसतै अखिल (छैठौं) का जिल्ला अध्यक्ष दानबहादुर सारु र क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष सम्झना परियारले पनि सभालाई सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन प्रताप पौडेलले गरेका थिए ।
२०७५ भदौ १३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :