एकाबिहानै दासढुङ्गामा बस र ट्रक कोक्कीदा  , २८ जना घाइते

काठमाडौँ : नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार बिहानै बस र ट्रक कोक्कीदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ आउँदैै गरेको ना ७ ख ७३३५ नंम्बरको बस र मुग्लिनबाट नारायणगण जादै गरेको ना५ख ४७०४ नंम्बरको ट्रक शनिबार बिहान साढे ६ बजे दासढुङ्गामा  आपसमा ठोक्कीएका थिए । घाइतेमध्ये २४ जनाको पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

२०७५ भदौ ९ गते शनिबार

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :