ट्रेड युनियन महासंघको बैठक सम्पन्न

काठमाडाैं :  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको छैटौ राष्ट्रिय सम्मेलनपछिको दोस्रो पूर्ण बैठक भाद्र ३ र ४ गते सम्पन्न भएको छ । बैठकले “छैठौ राष्ट्रिय सम्मेलनको संक्षिप्त समीक्षा र आगामी योजना” नामक समसामयीक प्रस्ताव पारित गरेको छ । साथै बैठकले संगठनको पदपुर्ति, कार्यक्षेत्रको विभाजन गर्नुकासाथै महासंघमा बैचारिक स्तर उन्नतीका लागि स्कुलिङ संचालन गर्ने निर्णय गरेको छ । साथै बैठकले सावन २२ गते पक्राउ गरिएका नेकपाका प्रबक्ता प्रकाण्डलाई विनाशर्त रिहा गर्न पनि सरकारसँग माग गरेको छ ।

विज्ञप्तिकाे पुर्णपाठ :

हाम्रो संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको छैटौ राष्ट्रिय सम्मेलनपछिको दोस्रो पूर्ण बैठक अध्यक्ष क. अमर झाँक्रीको अध्यक्षतामा यहि २०७५ भाद्र ३ र ४ गते सम्पन्न भयो बैठकका निर्णयहरुको सारंक्षेप जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१. बैठकको प्रारम्भमा देश र जनताको मुक्तिका लागि चलेका आन्दोलन र जनयुद्धका दौरानमा सहादत प्राप्त गर्ने वीर सहिदहरुप्रति १ मिनेट मौण धारण गरियो । वेपत्ता योद्धाहरुप्रति गहिरो स्मरण गर्दै घाईते अपाङ्गप्रति ऐक्यबद्धता जाहेर गरियो ।
२. बैठकमा केन्द्रिय कार्यालयको तर्फबाट “छैठौ राष्ट्रिय सम्मेलनको संक्षिप्त समीक्षा र आगामी योजना” नामक प्रस्ताव प्रस्तुत गरियो । तत्पश्चात केन्द्रिय समितिका सदस्यहरुले छैठौ राष्ट्रिय सम्मेलन यता सम्पन्न गरिएका कामहरुको संक्षिप्त रिपोर्ट, सिमा तथा समस्याहरु तथा सुझावहरु राख्ने काम भयो । रिपोर्टमा उठेका विषयहरुको संश्लेषण तथा प्रस्तावका बारेमा अध्यक्षबाट स्पष्ट पार्ने काम भयो ।
३. महासंघको रिक्त कोषाअध्यक्षको पदपुर्ति, भूगोल तथा पेशाको कार्य विभाजन, महासंघ अन्तर्गत बाँकी रहेका पेशागत संगठनहरुको केन्द्रिय भेला तथा सम्मेलन, जिल्ला महासंघको भेला तथा सम्मेलनहरु निश्चित समय अवधिमा सम्पन्न गर्ने निर्णय लिइएको छ ।
४. महासंघमा वैचारिक तथा संगठनात्मक स्पष्टताका लागि स्कुलिङ संचालन गर्ने, राष्ट्रिय भेला प्रशिक्षण संचालन गर्ने, पेशागत संगठनका केन्द्रिय बैठक तथा जिल्ला महासंघका बैठकहरु निश्चित समय अवधिमा सम्पन्न गर्ने निर्णय लिइएको छ ।
५. सामाजिक दलाल राज्यद्वारा थोपरिएको सामाजिक फासीवाद जो राष्ट्रघात, जनघात, भ्रष्ट्राचार र महंगी तथा मजदुर लगायत अन्य विभिन्न जनवर्गहरु माथि उत्पीडनमा व्यक्त भइरहेको छ । त्यसका विरुद्ध संघर्षको आवश्यकतालाई आत्मसाथ गर्दै अगाडि बढ्ने निर्णय लिइएको छ ।
६. २०७४ माघमा सम्पन्न केन्द्रिय समितिको वैठकका निर्णय संचालन गरिएको आर्थिक अभियान मार्फत केन्द्रित भएको अर्थ र संगठनात्मक अभियान छैठौ राष्ट्रिय सम्मेलन, महासंघको मुखपत्र प्रकाशन तथा अन्य विभिन्न शिर्षकमा हुन गएको खर्चको विवरण प्रस्तुत भई पारित गरियो । त्यसका साथै संगठनलाई आत्मनिर्भर बनाउन विभिन्न निर्णय लिईएको छ ।
७. प्रकाशन विभागको पुनर्गठन संगै महासंघको मुखपत्र श्रमिक आव्हानलाई त्रैमासिक रुपमा प्रकाशन गर्ने, प्रकाशनलाई जिल्ला तथा हरेक कारखानासम्म पु¥याउने निर्णय लिइएको छ ।
८. बैठकद्वारा पारित गरिएका समसमायिक प्रस्तावहरु
 क.  राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षधर तथा राष्ट्रघात, जनघात, भ्रष्टचार, महंगीका विरुद्ध संघर्षरत नेकपाका केन्द्रिय प्रवक्ता खड्क ब. बिश्वकर्मा (प्रकाण्ड) विनशर्त अविलम्ब रिहाई गरीयोस् ।
ख. मजदुरमाथि राज्यद्वारा भईरहेका विभिन्न ज्यादती बन्द गरियोस् । न्यूनतम वेतन निर्धारण समितिले स्वच्छाचारी रुपमा निर्धारण गरि कार्यन्वयनमा लिएको निर्णय खारेज गरियोस् । वर्तमान परिवेसमा आकासियको महंगी, छिमेकी राष्ट्रहरुको आयात निर्यात सन्तुलन तथा अन्य विभिन्न पक्षहरुको आधारमा न्युनतम आधारभुत खर्च २२००० कायम गरियोस् ।
ग. विगतमा विभिन्न कारखाना तथा प्रतिस्थानबाट अन्यायपूर्वक निष्कासन गरिएका मजदुरहरुलाई पुनः स्थापना गरियोस् । साथै उनिहरुलाई हालसम्मको क्षतिपुर्तिको ब्यवस्था गरियोस् ।
घ .  देशब्यापी रुपमा भईरहेका महिला हिंसाको अन्त्य गरियोस् ।
ङ. देशब्यापी रुपमा महासंघका नेता कार्यकर्ताहरुमाथि लगाइएको झुठा मुद्दा खारेज गरियोस् । संगठनमाथि भइरहेका सरकारी दमन बन्द गरियोस् ।
च. वर्तमान सामाजिक दलाल सत्ताद्वारा स्थानीय स्तरमा निर्धारण गरिएको वेलगाम करबृद्धि फिर्ता गरियोस् जनताको दैनिक जनजिवन सहज हुनेगरी समग्र राष्ट्रिय नीति निर्माण गरियोस् ।
छ. सामाजिक दलाल सत्ताका मतियारहरुको लम्पसारवादका कारण पैदा भैरहेको वैदेशिक हस्तक्षेप बन्दगरियोस् ।

अमर झांक्री
अध्यक्ष

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :