नेकपाका नेताकार्यकर्ता रिहा गर : संयुक्त महिला सङ्घर्ष समिति


काठमाडौँ : संयुक्त महिला सङ्घर्ष समितिले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड लगायतका नेताकार्यकर्ता गिरफ्तारको विरोध गरेको छ । नेकपा निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की कोषाध्यक्ष प्रतिमा गहतराज, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मिना पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की सहसचिव रुपा गेलाल, अखिल नेपाल प्रगतिशील महिला सङ्घकी उपाध्यक्ष जनककुमारी चालिसे र महिला शक्ति महासङ्घ नेपालका संयोजक मनु हुमागाईंले मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै राजनीतिक आस्थाकै आधारमा नेकपाका प्रवक्ता, प्रकाण्डलगायत नेताकार्यकर्तालाई गिरफ्तार गरी अमानवीय ढंगले यातना दिई गैर कानुनी रुपमा हिरासतमा राखिएको भन्दै ध्यानार्कषण गरेका छन् । साथै, महिला सङ्घर्ष समितिले तत्काल बिनासर्त रिहाइको माग पनि गरेको छ ।

२०७५ भदौ ५ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :