प्रकाण्डलाई २४ घण्टा भित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडाैं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । गैरकानूनी ढंगले गिरफ्तार गरेको भन्दै प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले भदौं ३ गते आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रिट उपर सुनुवाई गर्दै न्यायधिस इश्वरप्रसाद खतिवडाको एकल इजलासले बन्दीलाई हिरासतमा राख्नुको कारणको जवाफ माग्दै २४ घण्टाभित्र बन्दी उपस्थित गराउन सरकार र गृहमन्त्रालयका नाममा आदेश जारी गरेको छ ।

गत साउन २२ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको प्रकाण्डलाई गैर कानुनी थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्र विकले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहाको आदेश दिएको थियो । तर प्रहरीले अदालत पसिरबाटै प्रकाण्डलाई पक्राउ गरी अहिले काभ्रेको धुलीखेल प्रहरी हिरासतमा राखिएको छ ।

२०७५ भदौ ४ गते सोमबार बेलुका प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :