नेकपाका नेता प्रकाण्डलाई  फेरी ३ दिनको म्याद थपियो

काठमाडाैं  : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतले ३ दिन थुनामा राख्न आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएका प्रकाण्डलाई प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतले दिएको आदेशपछि रिहा भएलगत्तै राज्यबाटै मानव अधिकार जोखिममा परेको जानकारी गराएपछि राष्ट्रिय मानवअधिकार आयोगले जिम्मा लिई आयोगको कार्यालयतर्फ गाडीमा गइरहेका बेला घेरा हालेर राष्ट्रिय मानवअधिकार आयोगको गाडीबाटै प्रकाण्डलाई प्रहरीले गिरफ्तार गरेको थियो । शुक्रबार राति गिरफ्तार गरिएका प्रकाण्डलाई सोही राती नै काभ्रे पुरयाएको थियो । साउन २२ गते प्रकाण्डलाई काठमाडौंको दक्षिणकालीबाट गिरफ्तार गरेको थियो । यसअघि साउन १० गते काठमाडौंको नागढुंगाबाट गिरफ्तार गरिएका नेकपाका नेताहरू कृषणा धमला र माेहन   पनि  जिल्ला प्रहरी कायार्लय काभ्रेमा नै राखिएकाे छ ।

मिती २०७५ भदाैं ३ गते अाइतबार 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :