नेकपाले माडसाप  सम्झियो

काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्युरोले तत्कालीन (माओवादी)का नेता रामबृक्ष यादव ‘ माडसाप’ को २४ औं स्मृति सभा सम्पन्न गरेको छ । भाद्र २ गते शनिबार  सर्लाहीको बरहथवा २ आलेगाउँमा सम्पन्न यादवको स्मृति सभामा नेकपाका पूर्वीकमाण्ड इन्चार्ज विरहीको उपस्थिति रहेको थियो । यस्तै जनकपुर ब्यूरो इन्चार्ज सन्देश पौडेलको पनि उपस्थिति थियो । रुपेश कार्कीको अध्यक्षतामा सम्पन्न सभाको संचालन राजनले गरेका थिए भने स्वागत भाषण भगारामले गरेका थिए ।

यसै गरी धनुषाको हस्तपुर नगरपालिकामा पनि रामबृक्ष यादवको स्मृति सभा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य निर्मलको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा नेकपाका सल्लाहकार समितिका सदस्य रामलखन पनि उपस्थित थिए । साेही कार्यक्रममा त्यसक्षेत्रमा संगठन सृदृढिकरण तथा विस्तार अभियानको उदघाटन गरिएको थियो ।

मिति २०७५ भाद्र ३ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :