सहिद रामवृक्ष यादवको स्मृति दिवस

अम्बिका चन्द / काठमाडौँ : तत्कालीन नेकपा (माओवादी)का नेता सहिद रामवृक्ष यादवको स्मृतिमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भाद्र २ गते अर्थात शनिबार एक कार्यक्रमको आयोजना गरेको छ ।

धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन देउवा सरकारको संरक्षणमा कांग्रेसी गुण्डाहरुले बर्मझियामै हत्या गरेका थिए । २०५१ भदौ १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते बीरेन्द्र बजारबाट घर फर्कदै गर्दा सादापोशाकमा रहेका प्रहरी र कांग्रेसका कार्यकर्ताहरुले घरेलु हतियार प्रयोग गरी विभत्स तरिकाले यादवको हत्या गरेका थिए ।]

नेपालमा जनयुद्ध शुरुवातको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो । तराईमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । रामबृक्ष यादवको हत्या भएको आज २४ पुगीसकेको छ । रामवृक्ष यादबको स्मृति दिवसको अवसरमा महान क्रान्तिकारी योद्धा, नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा तथा तत्कालीन महान नेपाली जनयुद्धका पहलकर्ता रामवृक्ष यादवप्रति नेपाल कम्युनिस्ट पार्टीले श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेको छ ।

तराई क्षेत्रमा सामन्त जमिन्दारहरुले गाँउका जनतामाथि गरेको थिचोमिचो, अन्याय अत्याचार देखेर र नै त्यसको अन्त्य गर्न कम्युनिस्ट बनेका रामबृक्ष यादब एक होनहार इमान्दार र कर्मठ योद्धा थिए । यादव वर्गप्रतिको इमान्दारीता र क्रान्तिप्रतिको निष्ठा भावले भरिएका व्यक्ति थिए । उनी कम्युनिस्ट क्रान्तिकारीहरुका लागि वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहनेछन् । नेकपाले प्रत्येक वर्ष भदौ २ गते यादवको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

२०७५ साउन २ गते बेलुका ९ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :