वर्तमान विश्वको अन्तर्राष्ट्रिय प्रवृत्ति : धर्मेन्द्र बास्तोला

वर्तमान युग भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम रूप भन्नुभएको थियो । लेनिनले साम्राज्यवाद पुँजीवादको उच्चतम रूप भएको र यसको चरित्र केन्द्रीकृत, परजीवी, पतनशील रमरणोन्मुख भएको बताउनुभएको थियो । अहिलेको विश्वमा पुँजी लेनिनको समयमाभन्दा अति केन्द्रित, अति परजीवी, अति पतनशील र मृत्युशय्यामा छट्पटाउँदोदेखापर्छ । उदाहरणका लागि एउटा अध्ययनलाई लिऊँ — सन् २००७ को एकअध्ययनअनुसार विश्वको जनसङ्ख्या ६ अर्ब ६० करोड रहेको थियो । त्यतिबेलाविश्वको कुल गार्हस्थ उत्पादन ४,८०० अर्ब अमेरिकी डलर रहेको थियो । विश्वकोजनसङ्ख्या र कुल गार्हस्थ उत्पादनको तुलना गर्ने हो भने विश्वका हरेक नागरिककोहातमा ७,३०० अमेरिकी डलर भाग पर्न आउँछ तर यो रकम बैङ्क तथा अन्यकरमार्फत राज्यमा आएको हिसाब मात्र हो । राज्यमा नआएको हिसाब सानो पुँजी,व्यक्तिगत सम्पत्ति र अवैध कारोबार सबै जोड्ने हो भने ४८ खर्बको दसौँ गुणा बढीभएको अनुमान गर्न सकिन्छ । त्यतिबेलाको धितो तथा ऋणपत्रमा अङ्कित सम्पत्तिमात्र मिलाउँदा विश्वको कुल अनुमानित पुँजी १४ हजार अर्ब अमेरिकी डलरबराबररहेको थियो तर त्यतिबेलाको आँकडाअनुसार विश्वको युवापुस्ताको १ प्रतिशत अथवा ३ करोड ७० लाख मानिसले विश्वको कुल सम्पत्तिको आधा सम्पत्तिमाथिअधिकार जमाउँथ्यो । अमेरिकाबाट प्रकाशित फाइनान्सियल टाइम्स अखबारकाअनुसार विश्वको केवल ३ करोड ७० लाख युवा पुस्ताले विश्वको आधा सम्पत्तिमाथिअधिकार राख्थ्यो । भलै १ प्रतिशत भन्नाले त्यतिबेलाको जनसङ्ख्याको ६ करोड६० लाख हुन आउँछ । यसरी हेर्दा विश्वका टाइकोनको हातमा प्रतिव्यक्ति करिब ४लाख अमेरिकी डलर पर्न आउँछ जब कि कुल जनसङ्ख्या मिलाउँदा ७३०० डलरप्रतिव्यक्ति हुनुपथ्र्यो तर त्यतिबेलाको विश्वको कुल सम्पत्ति १० हजार खर्ब अमेरिकीडलरमा ११० खर्ब अमेरिकी डलर अमेरिकामा मात्र केन्द्रित थियो । बाँकी ८९०खर्ब अमेरिकी डलर विश्वका अन्य जनताका बीचमा रहेको थियो । अमेरिकाको कुलजनसङ्ख्या विश्वको कुल जनसङ्ख्याको करिब ४ प्रतिशत हुन आउँछ जब किविश्वको कुल सम्पत्तिको ११ प्रतिशत अमेरिकामा मात्र केन्द्रित रहेको पाइन्छ । यहाँ,सम्पत्तिको सङ्केन्द्रण भएको पश्चिम युरोप, रुस र जापान गरी करिब ६० करोडजनसङ्ख्या, जो कुल जनसङ्ख्याको करिब ६ प्रतिशत हुन आउँछ । त्यसको हिसाबगर्ने हो भने त्यही स्तरमा सम्पत्तिको केन्द्रीकरण भएको पाउन सकिन्छ । विश्वको१ प्रतिशत एकाधिकार पुँजीपति वर्गले विश्वको आधा सम्पत्ति राख्ने, अमेरिकाको ४प्रतिशतले ११ प्रतिशत राख्ने र बाँकी विकसित मुलुकका ६ प्रतिशतले त्यही प्रतिशतमासम्पत्ति राख्ने हो भने एसिया, अफ्रिका, ल्याटिन अमेरिकी देशका जनताको हातमाकेही नरहने स्थिति स्वतः बन्न पुग्दछ ।

यहाँ एउटा मोटामोटी हिसाब गरौँ — विश्वको कुल जनसङ्ख्याको आधाजनसङ्ख्या एसिया महादेशमा रहेको छ । विश्वको त्यतिबेलाको कुल ६.६ अर्बजनसङ्ख्यामा चीनमा १ अर्ब २० करोड, भारतमा १ अर्ब र एसियाका अन्यमुलुकहरूमा करिब ४० करोड जनता रहने गर्थे । भारत, चीन, बङ्गलादेश, पाकिस्तान,नेपाल, बर्मा, इन्डोनेसियालगायत मुलुकहरूको कुल आम्दानी औसतमा वार्षिक ४००डलरभन्दा बढी थिएन । यसरी करिब २ अर्ब ६० करोड जनतामा करिब २ अर्बजनताको आम्दानी प्रतिव्यक्ति दैनिक १ डलरभन्दा कम थियो । प्रतिव्यक्ति ७,३००डलर प्राप्त गर्नुपर्ने त्यो २ अर्ब जनताले केवल ३०० डलर मात्र पाउँथ्यो र प्रतिव्यक्ति७,००० डलर अमेरिका, युरोपलगायत केही विकसित देशहरूमा केन्द्रित हुन्थ्यो ।यो पुँजीको केन्द्रीकरणको एउटा उदाहरण हो । यसप्रकारको पुँजीको केन्द्रीकरणबीसौँ शताब्दी अथवा लेनिनको समयमा कर्टेल्स र सिन्डिकेटहरूमा हुन्थ्यो । त्योकेन्द्रीकरण अहिले वित्तीय बैङ्कहरूमा हुने गरेको छ । यसको रफ्तार सन् १९९५ कोग्याट सम्झौतापछि पहिलेको भन्दा कैयौँ गुणा तीव्र रूपले हुँदै आएको छ ।

तर यहाँ एउटा अनुमान गरौँ, विश्वमा मानव जातिले आर्जन गरेको सम्पत्तिकति छ र त्यसको वितरणका बारेमा एउटा कल्पना गरौँ । विश्वको पुँजी १०हजार अर्ब डलर छ भने र विश्वको कुल जनसङ्ख्या ७ अर्ब मान्ने हो भने त्यसलाईसमानुपातिक हिसाबले विभाजन गर्दा प्रतिव्यक्ति आम्दानी १४२,८५७ अमेरिकी डलरबराबर पर्न आउँछ । अब हामी एकछिन कल्पना गरौँ कि प्रतिव्यक्ति ३०० अमेरिकीडलर हुँदा हुने मानिसको उत्पादन र प्रतिव्यक्ति १ लाख ४२ हजार हुँदा गर्न सकिनेउत्पादन कति फरक हुन सक्ला ? तर एकाधिकार पुँजीवादले यो कुरा मान्नै सक्दैन । यही हो लेनिनले साम्राज्यवादी पुँजीलाई केन्द्रीकृत, परजीवी, पतनशील र मरणासन्नभन्नुभएको ।

विश्वको सम्पत्ति कसरी केन्द्रित भइरहेको छ भन्ने कुरा यसरी देख्नसकिन्छ— सन् २००८ को आँकडाअनुसार विश्वका २५० ठूला बैङ्कहरूमध्ये १५०बैङ्क अमेरिकामा केन्द्रित छन् । ती बैङ्कहरूमध्ये २० वटा सबैभन्दा ठूला बैङ्कहरूछन् जसमा पहिलो नम्बरको बैङ्क अफ अमेरिकाको कुल निक्षेप पुँजी १३५,२७१लाख अमेरिकी डलर थियो भने चौथो स्थानमा रहेको बेलायती बैङ्क एचएसबीसीको११४,९२८ लाख थियो । दोस्रो र तेस्रो स्थानमा रहेका अमेरिकी बैङ्कहरू सीटीग्रुपर जेपी मोर्गनको क्रमशः ११९,७८३ र ११५,७९० अमेरिकी डलर रहेको छ । पाँचौँस्थानको बैङ्क मित्सुबिसी फाइनान्स ग्रुपको ८१,९४० लाख डलर थियो भने बाह्रौँस्थानमा रहेको चीनको सबैभन्दा ठूलो बैङ्क इन्डस्ट्रियल कमर्सियल बैङ्क अफचाइनाको निक्षेप पुँजी ५८,९७५ लाख डलरबराबरको थियो । यसरी के स्पष्ट हुन्छभने वित्तीय पुँजी चीन र रुस, जापान र कोरियामा भन्दा अमेरिका र युरोपमा बढीकेन्द्रित रहेको छ । युरोपमा भन्दा पनि ठूलो पुँजी अमेरिकामा नै केन्द्रित रहेको छ ।

त्यस्तै, यतिबेला फौजी क्षेत्रमा ठूलो रकम खर्च गरिएको छ । संसारमा सन्२००८–९ मा करिब १५३१ अर्ब अमेरिकी डलर फौजी क्षेत्रमा खर्च गरियो जुनत्यतिबेलाको विश्वको कुल गार्हस्थ उत्पादनको २.७ प्रतिशत छ जसमा अमेरिकालेमात्र ६६१ अर्ब डलर खर्च गरेको छ । चीनको १०० अर्ब, फ्रान्सको ६३.९ अर्ब,बेलायतको ५८.३ अर्ब, रुसको ५३.३ अर्ब डलर फौजी क्षेत्रमा खर्च गरिएको छ ।यसरी संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य तथा विशेषाधिकार भएका देशहरूबाटफौजी क्षेत्रमा ९३६.५ अर्ब डलर खर्च गरेको पाइन्छ । अहिले, जतिबेला संसारमाशान्ति र सुरक्षाका नाममा मानिस मार्ने र मर्ने प्रक्रियामा १५३१ अर्ब अमेरिकी डलरखर्च गरिएको छ । त्यतिबेला भने नेपाल जस्तो देशको जीवन निर्वाह गर्नका लागिबनाइएको राष्ट्रिय बजेटको अंश केवल २८३.९३ अर्ब नेपाली रुपैयाँ छ जसलाई१ डलरबराबर ७५ रुपैयाँ मान्ने हो भने केवल ३.७८ बिलियन अमेरिकी डलर मात्रहुन आउँछ । यो रकम अमेरिकाको कुल बजेटको त कुरै छाडाँै, फौजी खर्चमा हिसाबमात्र ग¥यो भने सयमा ०.०५ प्रतिशत अथवा एक रुपैयाँमा ०५ पैसा बराबर जस्तैहुन आउँछ ।

मानिस संसारको कुनाकुनामा सयौँ र हजारौँ समस्यालेपिल्सिएको छ । यी जनताका लागि आफ्ना देशहरू साम्राज्यवादी दलालहरूकाबधशाला बनेका छन् । विश्वका तमाम राष्ट्रियताका लागि ती देशहरू कैदखानाबनेका छन् । राजनीतिक रूपले विश्वको ९९ प्रतिशत जनताले एकाधिकार पुँजीवादकोअधिनायकत्व बेहोर्नुपरेको छ । एकाधिकार पुँजीवादीहरूका लागि विश्वका जनतालेपाउने प्रतिव्यक्ति ७३०० डलर उपलब्ध गराउने व्यवस्था गर्नुभन्दा ७ अर्ब जनतालाईनियन्त्रण गर्न १५३१ अर्ब डलर अथवा प्रतिव्यक्ति २१८ अमेरिकी डलरको युद्ध थोपर्नुफाइदा ठानेको छ । जसको कारण आज संसारभरि अशान्ति छ, कोकोहोलो छ,दैनिक एक हजारभन्दा बढी मानिस साम्राज्यवादी युद्ध वा अपराधका कारण मर्ने रमारिने गरेको पाइन्छ ।

विश्वको विकास भएको यो आर्थिक र फौजी असमानताले गरिब र धनीबीचकोखाडल पुँजीवादी संरचनाले पुर्नै नसक्ने गरी गहिरो र विशाल बनाएको छ । विश्वकोकुल जनसङ्ख्याको १ प्रतिशत जनता केवल एक कारणले बेचैन छन्, उसको अकूतसम्पत्तिको सुरक्षा कसरी गर्ने भनेर । बाँकी, ऊ सम्पूर्ण रूपले स्वतन्त्र छ । उसकालागि यो दुनियाँमा पूर्ण रूपले जनवाद छ र साम्यवाद पनि । तर, विश्वका ९९ प्रतिशतजनता असुरक्षा र भोकमरीमा पिल्सिएका छन् । स्वास्थ्य, शिक्षा रोजगारी तथा गाँस,बास, कपासको अभावले मानिस आक्रान्त छ । मानवीय मूल्य र मान्यतासँग जोडिएकोमर्यादा र प्रतिष्ठाविहीन छ । मानिस संसारको कुनाकुनामा सयौँ र हजारौँ समस्यालेपिल्सिएको छ । यी जनताका लागि आफ्ना देशहरू साम्राज्यवादी दलालहरूकाबधशाला बनेका छन् । विश्वका तमाम राष्ट्रियताका लागि ती देशहरू कैदखानाबनेका छन् । राजनीतिक रूपले विश्वको ९९ प्रतिशत जनताले एकाधिकार पुँजीवादकोअधिनायकत्व बेहोर्नुपरेको छ । एकाधिकार पुँजीवादीहरूका लागि विश्वका जनतालेपाउने प्रतिव्यक्ति ७३०० डलर उपलब्ध गराउने व्यवस्था गर्नुभन्दा ७ अर्ब जनतालाईनियन्त्रण गर्न १५३१ अर्ब डलर अथवा प्रतिव्यक्ति २१८ अमेरिकी डलरको युद्ध थोपर्नुफाइदा ठानेको छ । जसको कारण आज संसारभरि अशान्ति छ, कोकोहोलो छ,दैनिक एक हजारभन्दा बढी मानिस साम्राज्यवादी युद्ध वा अपराधका कारण मर्ने रमारिने गरेको पाइन्छ ।

अमेरिकी साम्राज्यवादले इराक र अफगानिस्तानमाथि थोपरेको युद्ध,इजरायलबाट प्यालेस्टिनी जनताको राज्यको हरणलगायत मध्यपूर्वमा समयसमयमागरिने युद्धहरू साम्राज्यवादी उत्पीडनका उदाहरण हुन् । साम्राज्यवादले केवल फौजीयुद्ध थोपर्दैन, यसले प्रायोजित युद्ध पनि थोपर्ने गर्छ र आफ्ना दलालहरूलाईमनोवैज्ञानिक हमला गर्छ । यसको उदाहरण पाकिस्तानमाथिको फौजी आक्रमणर इन्डियनमाथिको मनोवैज्ञानिक हमलामा देखापर्छ । अमेरिकाले कस्मिरको निहुँमाभारत तथा पाकिस्तानमाथि पैताला जमाउन पाकिस्तानमाथि प्रायोजित आक्रमण गर्दैआएको छ । पाकिस्तानले अमेरिकी आक्रमण लाचारीपूर्ण तरिकाले सहँदै आएकोछ । पाकिस्तानको राजनीतिक, वैचारिक, सांस्कृतिक तथा फौजी दुर्बलताका कारणअमेरिकी आक्रमण सहनुपरे पनि भारतले निर्लज्जतापूर्ण तरिकाले यो आक्रमण सहनुपरेको छ । वास्तवमा पाकिस्तानमाथिको आक्रमण भारतीय राष्ट्रियता र भारतीयमनोविज्ञानमाथिको आक्रमण हो भन्ने स्पष्ट छ । अमेरिकी साम्राज्यवाद र उसकासहयात्रीहरूको युद्ध एकातिर तेस्रो विश्वका देशहरूमा छद्म र खुला रूपमा देखापर्छभने धनी देशहरूको बजारको बाँडफाँट, स्रोत र साधनहरूको विभाजन जी आठ रजी–बाह्रका भोज र भेलाहरूमा गरिन्छ । त्यहीँ हुन्छ उनीहरूको आर्थिक तथा फौजीशक्तिको प्रदर्शन, त्यही चल्छ उनीहरूको मल्लयुद्ध अनि त्यही हुन्छ उनीहरूकोबजारका लागि विश्वको विभाजन । यसप्रकारको युद्ध रूपमा भोजभतेर हुन्छ तरसारमा यो भीषण युद्ध हुन्छ । यहाँ देखिन्छ अन्तरसाम्राज्यवादी अन्तर्विरोध । फेरिपनि अहिलेको विश्वको प्रमुख अन्तर्विरोध भनेको साम्राज्यवाद र उत्पीडित राष्ट्र रजनताबीचको अन्तर्विरोध नै हो ।

साम्राज्यवादको यो युद्धशैली एक्काईसाँै शताब्दीमा बदलिएको छ । अमेरिकालेएकातिर भारतमाथिको सिँगौरी पाकिस्तानमाथिको आक्रमणबाट र चीनविरुद्धकोसिँगौरी उत्तरकोरियासँग जुधेर खेलिरहेको छ । यस्तै प्रकारका प्रायोजित युद्धअफ्रिकी तथा ल्याटिन अमेरिकी देशहरूमा चल्दै आएका छन् जसको कारण अहिलेविश्वका तमाम देशहरूमा जनवादी आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलन चल्दैआइरहेका छन् । अहिलेको मुख्य प्रवृत्ति साम्राज्यवादका विरुद्ध जनवादी क्रान्ति,राष्ट्रिय स्वाधीनताका लागि क्रान्ति र सर्वहारावर्गको नेतृत्वमा समाजवादी क्रान्ति हो ।हामीले देखिसक्यौँ– एकाधिकार पुँजीवाद कति डरलाग्दो छ ! त्योभन्दा अझमहत्वपूर्ण कुरा के छ भने लेनिनले जसरी साम्राज्यवादी पुँजीलाई एकाधिकार मात्रनभईकन त्यो परजीवी, पतनशील (डिकेडेन्ट) र मरणशील छ भन्नुभएको थियो त्यसको वैज्ञानिकता अहिले पनि प्रमाणित हुन्छ । साम्राज्यवादले आफ्नो एकाधिकारपुँजीको सुरक्षा गर्न बहुसङ्ख्यक जनतामाथि युद्ध थोपर्नु अनिवार्य बन्दछ किनकिउसका लागि संसारको मानवजातिसँग भातृभावका साथ वसुदैव गर्नुभन्दा युद्ध थोपर्नुनै मुनाफायुक्त हुन्छ । यसप्रकारको युद्धले अन्ततः जनताको विजय हुने सुनिश्चितछ । जो जनवादी समाजवादी क्रान्तिमा अभिव्यक्त हुन्छ वा जनवादी क्रान्तिले यसराष्ट्रिय पुँजीको विकास गरी एकाधिकार पुँजीवादको उत्पीडनको अन्त्य गर्नेछ । योदुवै परिस्थितिमा अहिलेको प्रवृत्ति समाजवादी क्रान्ति नै हो भन्ने स्पष्ट हुन्छ । तरयो कुरा स्पष्ट हुन आवश्यक छ, यसप्रकारको समाजवादी क्रान्तिको नेतृत्व बुर्जुवाराष्ट्रवादी शक्तिले गर्न सक्दैनन्, यो समाजवादी क्रान्तिकारी कम्युनिस्टहरूले मात्र गर्न सक्छन् ।

साम्राज्यवाद र सर्वहारा क्रान्तिको वर्तमान युगमा संसारभरि जनवादी आन्दोलनर राष्ट्रिय मुक्ति आन्दोलनहरू चलेका छन् । जनवादी आन्दोलन साम्राज्यवादी युद्ध,वातावरणीय प्रदूषण, अति उत्पादन र बजारको अभाव, मजदुरमाथिको उत्पीडनकाविरुद्ध विशाल प्रदर्शनमा अभिव्यक्त भएका छन् । ल्याटिन अमेरिका जनवादीआन्दोलनको वक्षस्थल बनेको छ । ल्याटिन अमेरिकाको साथसाथै साम्राज्यवादीभूमण्डलीकरण, उदारीकरण र निजीकरणको कारण विश्वका सबै मुलुकहरूमा जनवादीआन्दोलनको विकास भएको छ । एसिया, अफ्रिका, युरोप र अमेरिकामा समेत राष्ट्रियमुक्ति आन्दोलनको विकास भइरहेको छ तर क्रान्तिकारी आन्दोलन विश्वका धेरैकम मुलुकहरूमा मात्र भएको छ । नेपाल, भारत, इरान, टर्की, अमेरिका, क्यानाडा,पेरू, फिलिपिन्सलगायत विश्वका अत्यन्त कम देशहरूमा सर्वहारा आन्दोलनकोविकास भएको छ । सर्वहारावर्गीय क्रान्तिकारी आन्दोलनबिना जनवादी समाजवादीक्रान्ति हुन नसक्ने र जनवादी तथा समाजवादी क्रान्तिबिना जनवादी तथा राष्ट्रवादीआन्दोलनका मागहरू पूरा हुन नसक्ने भएकाले अहिलेको विश्वमा जनवादी तथाराष्ट्रिय मुक्ति आन्दोलनले क्रान्तिकारी आन्दोलनको जन्म दिने सुडेनीको भूमिकानिर्बाह गर्नुपर्छ । यो नै अहिलेको क्रान्तिकारी आन्दोलनको मुख्य विशेषता हो ।
भदौ, २०६७ स्राेत ः समकालीन विश्व कम्युनिस्ट आन्दोलन

२०७५ भदौ १ गते शुक्रबार बिहान १० : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :