सेक्रेटरी धुर्वलगायत नेताकार्यकर्तालाई तत्काल रिहा गर – आधार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधारले बिहीबार मध्यान्न १२ बजे चितवन चेतनाभिलेजबाट पश्चिम ताम्सालिङ ब्युरो सदस्य तथा चितवन जिल्ला सेक्रेटरी धुर्व खड्का, युवा स्थानीय कार्यकर्ता राम सेढाई र सर्वसाधारण नवराज गुरुङलाई बिनाकारण गिरफ्तारीकाे विरोध तथा भत्र्सना गरेका छन् । पश्चम ताम्सालिङ ब्युरो इन्चार्ज आधारले बिहीबारै प्रेस विज्ञप्ति जारी गर्दै सेक्रेटरी धुर्वलगायत नेताकार्यकर्तालाई गिरफ्तार गरी अज्ञात बनाएको प्रति आपत्ति जनाउदै तत्काल सार्वजनिक गरी रिहा गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्टको नाममा सामाजिक फासीवादको अभ्यास गरिराखेको केपी ओली–पुष्प कमल दाहाल नेतृत्वको सरकार गठन भएदेखि नै जनयुद्ध र जनआन्दोलनद्वारा प्राप्त सीमित राजनौतिक उपलब्धिहरु खोस्दै गएको सबैमा सर्ववितितै छ । साथै, संसदीयदलहरुले नै बनाएको भनिएको संविधानमा राखिएका प्रावधानहरुलाई यो सरकारले लत्याइ राखेको छ । मुलरुपमा विप्लव नेतत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि यो सरकारले अघोषित प्रतिबन्ध लगाएको छ । यो सरकार गठन भएदेखि हाम्रो पार्टीका दर्जनौं नेता/कार्यकर्ताले जेल जीवन बिताएका छन् । सयौं कार्यकताहरुमाथि झुठा मुद्दा लगाइएको छ । दिनदिनै जस्तो गिरफ्तारीलाई बढाइ रहेको छ ।
यसैक्रममा आज मिति २०७५ साउन ३१ गते मध्यान्न १२ बजे चितवन चेतनाभिलेजबाट पश्चिम ताम्सालिङ ब्युरो सदस्य तथा चितवन जिल्ला सेक्रेटरी कमरेड धुर्व खड्का, युवा स्थानीय कार्यकर्ता राम सेढाई र सर्वसाधारण नवराजलाई बिनाकारण गिरफ्तार गरी अज्ञात बनाइएको छ । केपीओली–पुष्प कमल दाहाल नेतृत्वमा रहेको सामाजिक दलाल पुँजीवादी सरकारले यस प्रकारको हर्कत, ज्यादती र गैरन्यायीक गिरफ्तारीको घोर निन्दा तथा भत्र्सना गर्दछ । तत्काल सेक्रेटरी कमरेड धुर्वललगायत नेता–कार्यकर्तालाई सार्वजनिक गरी रिहागर्न जोडदार माग गर्दछ । यदि रिहा नगरिएको खण्डमा हाम्रो पार्टी सशक्त सङ्घर्ष गर्न बाध्यहुने चेतावनी पनि यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ ।’
विज्ञप्ति सहित


२०७५ साउन ३१ गते बेलुका ७ : ५५ माप्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :