हुम्लामा गोली चल्यो, उम्मेदवार कब्जा

Humla_district_location

हुम्लाः बैशाख ३१, हुम्ला, खर्चुनाथ मन्दरा मा.वि. केन्द्रमा नेकपाद्वारा आक्रमण भएपछि निर्वाचनको सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको छ भने झडपको क्रममा प्रहरीले २ राउण्ड गोली चलाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी भए.पनि मानवीय क्षति भएको छैन । उता चितवन राप्ती न.पा.–९ का प्रचण्ड माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल राती १ बजेदेखि नेकपाको नियन्त्रणमा परेको आशंका गरिएको छ । त्यसैगरि काठमाडौंको डाँडापौवामा बम विष्फोट हुँदा बुथकेन्द्रका कर्मचारी र प्रहरी भागदौड गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :